७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

“मिष्टर नेपाल ओसिनिया २०१८” का विजेता निश्चल खड्काको टाईटल खोसियो



अ+ अ-

काठमाडौं । गत डिसेन्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको “मिष्टर नेपाल ओसिनिया २०१८” का विजेता निश्चल खड्काको टाईटल खोसिएको छ ।

आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले बिहिबार प्रेस विज्ञप्ती जारी गरी आयोजकसँगको सम्झौता बिपरित गएकाले र पटक पटक उनलाई सम्झाउँदा/सुधार्ने समय दिँदा पनि अटेर गरेरपछि उक्त टाईटल खोसेको बताएकी छिन् ।

बिजेता खड्कालाई प्रेस रिलिज निकाल्नु पुर्व जुन ६ सम्मको डेडलाईन राखेर टाईटल बापतको ट्रफी र सर्टिफिकेट फिर्ता गर्न आयोजकले ईमेल र फोन गरेको उनले बताइन् । जस अनुसार खड्काले सहमती जनाए पनि एक साता पर सर्दा समेत फिर्ता नगरेपछि प्रेस रिलिज जारी गर्नु परेको बाध्यता लिम्बुले सुनाईन् ।

उनले खड्का पटक पटक अन्य ईभेन्टहरुमा बिना सूचना सहभागी नहुन सचेत गराइएको बताइन् । उनका अनुसार खड्कालाई अन्य ईभेन्टहमा मोड्लिङ प्रस्तुती नदिन यसअघि नै सचेत गराइएको थियो ।