काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् ।
डेनिस इन्स्िटच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी)को निमन्त्रणामा उपसभापति निधि प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि कोपहेगन बिहीबार प्रस्थान गरेका हुन् । भ्रमणमा डा. मिनेन्द्र रिजाल, चित्रलेखा यादब र बिनोद भट्टराई पनि रहेका छन् ।
उपसभापति निधिसहितका नेताहरु डेनमार्कको बर्नहोल्ममा यही जुन १३–१७ सम्म हुनेछ ।मेलामा नेपालसहितका बिभिन्न मुलुकबाट नेताहरुको सहभागिता रहनेछ ।
बिभिन्न ३३ देशका महाधिबेशन प्रतिनिधिको सहभागिता रहने त्यस कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव, विश्वको बदलिदो राजनीति, दक्षिण एसिया र नेपाल, समाजवादको युरोप अनुभबको आलेकमा नेपाल बिषयमा अन्तरक्रिया कार्यक्रम हुनेछ ।
प्रजातन्त्र मेलामा सहभागी भएपछि कांग्रेस उपसभापति निधिसहितका नेताहरु विश्वभर छरिएर रहेका नेपाली कांग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।