१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुहारको दाग ऐना हेराैं : गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले आधारभूत शिक्षाका लागि छुट्याएको बजेटले एक चौथाई विद्यार्थीलाई पुर्‍याएर देखाउन शिक्षामन्त्रीलाई चुनौती दिएका छन् ।

प्रमुख विपक्षी कांग्रेसले बनाएको छाया सरकारमा शिक्षामन्त्रालयस्तरीय समितिको संयोजकसमेत रहेका थापाले न्त्रालयको बजेट कटौती प्रस्ताव राखेका छन् । बिहीबार संसदमा आफ्नो प्रस्ताव पेश गर्दै सांसद थापाले भने, ‘देशभर ३६ हजार बढी प्रारम्भिक बालविकास केन्द्र छन् । योग्य शिक्षकबाट पढाउनु पर्ने ठाउँमा ८ कक्षा पास गरेकाले ६ हजार रुपैयाँभन्दा कम तलबमा पढाउँछन् ।’

संविधानले यसो गर्न पाइँदैन भन्दा पनि आफूहरूले लेखेको कुरा जे छ त्यसको उल्टो गरिरहको बताए।यो राष्ट्रिय लज्जाको विषय हो भन्दै यसमा सबैले जिम्मा लिनुपर्ने उनले जोड दिए।

सरकारले अहिले गरिरहेको कामबाट भएको अवस्था नबदलिने उनले दाबी गरे। उनले भने, ‘हामी सार्वजनिक मञ्चमा सबभन्दा सजिलो बनेको सफ्ट तार्गेट निजी विद्यालयलाई दुई चार वटा गाली गर्छौं। दाग अनुहारमा छ, ऐना पुछिरहेका छौं।’

२०६४ सालमा एक कक्षामा १३ लाख ३४ हजार विद्यार्थी भर्ना भएकोमा २०७६ सालमा आइपुग्दा कक्षा १२ को परीक्षा दिने जम्मा २ लाख ९० हजार भएको भन्दै उनले प्रश्न गरे–१० लाख ४४ हजार विद्यार्थी कहाँ हराए?

विद्यालमा भएका विद्यार्थीले कुनै पनि विषयमा ५० प्रतिशतभन्दा बढी सिक्न नसकेको उनले दाबी गरे।उनले भने, ‘अझै अंग्रेजी, गणित, विज्ञान हेर्यौं भने त्योभन्दा तल छ।’

‘भक्तपुरमा १७ जनालाई एउटा शिक्षक हुँदा सिराहामा ८३ जनालाई एउटा शिक्षक छ,’ उनले भने, ‘गुणस्तर भनेको केबल अंग्रेजी भाषा हो भन्ने हाम्रो बुझाइ छ।’

सांसद थापाले एकपछि अर्को स्थानीय सरकारको अधिकार खोस्ने काम भएको असन्तुष्टि जनाए । गुणस्तर भनेको अंग्रेजी भन्ने मात्र बुझेको भन्दै उनले मन्त्रालयको बजेटमा प्रश्न उठाए । ‘आधारभूत शिक्षामा जति बजेट छुट्याएको छ । अर्को वर्ष भेटौं, यो पैसाले एक चौथाई विद्यार्थीलाई मात्र पुर्‍याउनु भएछ भने शिक्षामन्त्रीले भनेको जे पनि मान्न तयार छौं’ उनले भनेका छन् ।

४०० विद्यालयलाई दिने भनेको एक मुष्ट अनुदान दुई वर्षदेखि खर्च हुन नसकेको भन्दै उनले यो वर्ष के गर्नुहुन्छ भन्ने प्रश्न गरे । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कन्सेप्ट छ र? भन्दै उनले भने, ५ अर्ब छुट्याउनु भएको छ । खेलकुद शिक्षकसमेत राख्छु भन्नु भएको छ । एउटा विद्यालयको भागमा जम्मा एक लाख लाख ३२ हजार पर्छ । दलित अपाङ्गता भएका विद्यार्थीको भागमा जम्मा ८५ रुपैयाँ पर्छ । एक दिनको खाजा भत्ता कति चाहिन्छ मन्त्रीज्यू रु हाम्रो बच्चाको भागमा तपाईले छुट्याएको बजेटबाट ११ रुपैयाँ पाइन्छ ।’

यस वर्षको शिक्षाको बजेट पर्याप्त नभएको बताउँदै सांसद थापाले भने, ‘म शिक्षा मन्त्रीलाई चुनौतीका साथ भन्न चाहन्छु। अर्को वर्ष भेटौं। यो बजेटले एक चौथाइ विद्यार्थीलाई मात्र पुर्याउनुभयो भने पनि हामी उहाँले भनेको जे पनि मान्न तयार छौं।’