१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशन (फोटो फिचर)



अ+ अ-

तस्वीर: रत्न श्रेष्ठ-रासस

काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डप  प्राङ्गणमा भव्य समारोहका बीच सुरु भएको छ । समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिहरु उपस्थित हुनुहुन्छ ।

सहभागीलाई सजिलोका लागि मञ्चका गतिविधि बाहिर देखिने गरी ठूला पाँच डिस्प्ले राखिएको छ ।  मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्साभित्र पार्टीका संस्थापक एवं नेताहरु बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्विर अंकित प्रचार लोगो राखिएको छ । महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ ।

महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नित्र्यसहितका झाँकी प्रदर्शन गरिएको छ । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको छ ।हेरौ तस्वीरहरु