७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडले ग्रिजमनका लागि लुकाकु र पोग्वालाई रिलिज गर्दै



अ+ अ-

बार्सिलोनाको हातबाट हिरा फुस्कदै

काठमाडौं । एट्लेटिको मड्रिडबाट बार्सिलोना जाने तयारीमा रहेका एन्टोइन ग्रिजमन म्यानचेस्टर युनाइटेड जाने हल्ला चुलिन थालेको छ ।

बार्सिलोनाले ग्रिजमनलाई अनुबन्धका लागि पहल गरे पनि सफल नभएपछि युनाइटेडले आँखा लगाएको हो । जसका लागि युनाइटेडले रोमेलु लुकाकु र पउल पोग्वालाई रिलिज गर्ने तयारी गरेको छ ।२८ वर्षे ग्रिजमनले आफ्नो भविष्य स्पेनभन्दा बाहिर रहनसक्ने बताएपछि उनी युनाइटेड आउन चाहेको आशंका गरिएको हो ।

संचार माध्यमहरुका अनुसार ग्रिजमनलाई पनि म्यान्चेस्टर अनुबन्ध गर्ने लक्ष्यमा रहेको छ । ग्रिजमनलाई युनाइटेडले ९५ मिलियन पाउण्डमा क्लबमा ल्याउने तयारीमा लागेको छ ।

विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ग्रिजमनलाई बार्सिलोनामा अनुबन्ध हुनु अगाडि नै मोटो रकममा आफ्नो क्लबमा तान्ने योजनामा युनाइटेडका प्रशिक्षक गुनर लागेका छन् ।

युरोकप छनोट अन्तर्गत एन्डोरा विरुद्धको खेलमा चार शून्यको जित निकालेपछि मिडियासँगको कुराकानीमा उनले आफू कहाँ जादैछु भन्ने थाहा भएको तर यसको निकास चाँडो भएमा झन राम्रो हुने भन्ने कुरा बताएका थिए ।