काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ ।
काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएको पप्पुले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो ।
शुक्रबार बसेको समिति बैठकले उक्त निर्माणाधीन पुलमा त्रुटि देखिएको बताएको छ । बैठकले काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्र काम अघि बढाउन यसअघि निर्देशन दिएको थियो ।
यसअघि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले पुल निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनपछि समितिले पुल ठेक्का लिने निर्माण व्यावसायीलाई कारवाही गर्न निर्देशन दिएको हो ।
ठेक्का ओगटै समयमा काम नसक्ने, निर्माण गरेका पूर्वाधार गुणस्तरहीन भएको सर्वजनिकपछि सरकारले पप्पु कन्स्ट्रक्सनमाथि छानबिनसमेत गरेको थियो । सबैभन्दा धेरै पुलको ठेक्का लिएर समयमै नसक्नेमा पप्पु कन्स्ट्रक्सन पर्छ ।