१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दै, कसले जित्ला त ?



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

साउथह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो । दुवै टिम स्पष्ट जित हात पार्ने लक्ष्यमा हुनेछन् ।

जारी विश्वकपमा इङ्ल्यान्ड र वेस्ट इन्डिज दुवैको यो चौथो खेल हो। यसअघि खेलिएका तीन खेलबाट चार अंक जोड्दै इङ्ल्यान्ड तालिकाको तेस्रो स्थानमा छ। वेस्ट इन्डिज भने तीन खेलबाट तीन अंक हात पार्दै छैटौं स्थानमा छ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग १४ रनले पराजित भएको थियो। तेस्रो खेलमा इङ्ल्यान्डले बंगलादेशलाई एक सय ६ रनले हराएको थियो।

यता, वेष्ट इन्डिजले भने आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो । वेष्ट इन्डिजको तेस्रो खेलमा भने वर्षा बाधक बन्यो ।खेल चलिरहेकै बेला पानी परेपछि वेष्ट इन्डिजले दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य बन्यो ।

जारी विश्वकपमा वेस्ट इन्डिजको तुलनामा इङ्ल्यान्डको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट देखिएको छ। वेस्ट इन्डिजको ब्याटिङमा माथिल्लो क्रम बलियो देखिन्छ।

वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा विश्वकपको उपाधि जितिसकेको छ। इङ्ल्यान्डले भने हालसम्म विश्वकप जित्न सकेको छैन।

पछिल्लो पटक सन् २०१९ को मार्चमा यी दुई टोलीबीच एकदिवसीय खेल भएको थियो। सेन्ट लुसियामा खेलिएको उक्त खेलमा वेस्ट इन्डिज सात विकेटले विजयी भएको थियो। टेस्ट क्रिकेटमा त यी दुई टोलीको भिडन्त झनै पुरानो छ। सन् १९२८ देखि यी दुई टोलीबीच टेस्ट शृंखला हुँदै आएको छ। यस आधारमा इङ्ल्यान्ड र वेस्ट इन्डिज लामो समयदेखिका परिचित प्रतिद्वन्द्वी हुन्।

यसअघिका विश्वकपमा यी दुई टोलीबीच ६ पटक भेट भएको छ। पाँच खेलमा इङ्ल्यान्ड र एक खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। सन् १९७९ को विश्वकपमा वेस्ट इन्डिज ९२ रनले विजयी भएको थियो। इङ्ल्यान्ड सन् १९८७ को विश्वकपको पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ३४ रनले विजयी भएको थियो। यसैगरी इङ्ल्यान्ड सन् १९९२ मा ६ विकेट, सन् २००७ मा एक विकेट र सन् २०११ मा १८ रनले विजयी भएको थियो।




भर्खरै