१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजार्डले भने- म सुपरस्टार त होइन तर कोशिस गर्नेछु



अ+ अ-

काठमाडौं । स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले बेल्जियम एवं चेल्सीका स्ट्राईकर इडेन हाजार्डलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ । बिहिबार राति रियलले हाजार्डलाई आधिकारिक अनुबन्ध सहित सार्वजनिक गरेको हो ।

चेल्सीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका २८ बर्षीय हाजार्ड रियलमा ५ वर्षका लागि अनुबन्ध भएका हुन् ।

हाजार्डको बिहिबारनै स्वास्थ्य परिक्षण समेत भएको छ । सार्वजनिक कार्यक्रमा बोल्दै हाजार्डले सपनाको क्लबमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताए । उनले रियलको जर्सीमा खेल्न गाह्रो हुने ठानेपनि चुनौतीको सामना गर्न तयार रहेको प्रतिक्रिया दिए ।

क्लबमा अनुबन्धन भएसँगै हजार्डले रियलबाट खेल्ने आफ्नो सपना रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो बच्चैदेखिको सपना थियो कि म रियल मड्रिडबाट फुटबल खेलुँ । म सुपरस्टार त होइन तर कोशिस गर्नेछु ।’

हजार्ड अघि थप्छन्, ‘मलाई लाग्दैन कि मैले ढिलो गरे । भर्खर म २८ वर्ष पुग्दैछु । यो मेरो लागि उत्कृष्ट समय हो ।’

हजार्डलाई भित्र्याउन रियलले ८८ मिलियन पाउण्ड तिरेर छ । उनी चेल्सीमा भित्रिने बेलामा पाएको रकम भन्दा यो दोब्बर बढि हो । हजार्ड सन् २०१३ मा फ्रेन्च क्लब लिलेबाट ३२ मिलियन पाउण्डमा चेल्सीमा पुगेका थिए ।

उनको रकम बोनस गरेर ५ वर्षको अवधिमा बढेर १३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ ।खेलाडी अभावमा गुज्रिरहेको रियलले क्लबमा हाजार्डलाई भित्र्याउन लामो समयदेखि प्रयास गरिरहेको थियो।हाजार्ड आफैंले पनि केही समययता आफू रियल जान इच्छुक रहेको अभिव्यक्ति दिइरहेका थिए।

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो रियल छाडेर गतबर्ष इटालियन क्लब युभेन्टस लागेपछि रियलको प्रदर्शन खस्किएको थियो । अहिले रियलले हाजार्डलाई रोनाल्डोकै स्थानमा हेरेको छ । त्यसैले हाजार्डलाई रियलले ७ नम्बर जर्सी दिने तयारी गरेको छ ।




भर्खरै