३० जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : वेष्ट इन्डिजको खराव सुरुवात, महत्वपूर्ण तीन विकेट खस्यो



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आयोजकविरुद्धको विरुद्धको खेलामा वेष्ट इन्डिजले खराव सुरुवात गरेको छ ।

साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले यो समाचार तयार पर्दासम्म २० ओभरको समाप्तिमा ८३ रन बनाउदै ३ महत्वपूर्ण विकेट गुमाइसकेको छ ।

उसले क्रिस गेललाई ३६ रनमा गुमाएको थियो । गेलले ४१ बलमा ५ चौका र एक छक्का प्रहार गरेका थिए । यता इभिन लुइस २ रनमा आउट भए भने शाइ होप ११ रनमै आउट एक

इंग्ल्याण्डका लागि बलिङतर्फ क्रिस वोकस, लियाम प्लुंकेट र मार्क वोडले समान एक एक विकेट लिएका छन् ।

जारी विश्वकपमा इङ्ल्यान्ड र वेस्ट इन्डिज दुवैको यो चौथो खेल हो। यसअघि खेलिएका तीन खेलबाट चार अंक जोड्दै इङ्ल्यान्ड तालिकाको तेस्रो स्थानमा छ। वेस्ट इन्डिज भने तीन खेलबाट तीन अंक हात पार्दै छैटौं स्थानमा छ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग १४ रनले पराजित भएको थियो। तेस्रो खेलमा इङ्ल्यान्डले बंगलादेशलाई एक सय ६ रनले हराएको थियो।

यता, वेष्ट इन्डिजले भने आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो । वेष्ट इन्डिजको तेस्रो खेलमा भने वर्षा बाधक बन्यो ।खेल चलिरहेकै बेला पानी परेपछि वेष्ट इन्डिजले दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य बन्यो ।

जारी विश्वकपमा वेस्ट इन्डिजको तुलनामा इङ्ल्यान्डको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट देखिएको छ। वेस्ट इन्डिजको ब्याटिङमा माथिल्लो क्रम बलियो देखिन्छ।

वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा विश्वकपको उपाधि जितिसकेको छ। इङ्ल्यान्डले भने हालसम्म विश्वकप जित्न सकेको छैन।

पछिल्लो पटक सन् २०१९ को मार्चमा यी दुई टोलीबीच एकदिवसीय खेल भएको थियो। सेन्ट लुसियामा खेलिएको उक्त खेलमा वेस्ट इन्डिज सात विकेटले विजयी भएको थियो। टेस्ट क्रिकेटमा त यी दुई टोलीको भिडन्त झनै पुरानो छ। सन् १९२८ देखि यी दुई टोलीबीच टेस्ट शृंखला हुँदै आएको छ। यस आधारमा इङ्ल्यान्ड र वेस्ट इन्डिज लामो समयदेखिका परिचित प्रतिद्वन्द्वी हुन्।

यसअघिका विश्वकपमा यी दुई टोलीबीच ६ पटक भेट भएको छ। पाँच खेलमा इङ्ल्यान्ड र एक खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। सन् १९७९ को विश्वकपमा वेस्ट इन्डिज ९२ रनले विजयी भएको थियो। इङ्ल्यान्ड सन् १९८७ को विश्वकपको पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ३४ रनले विजयी भएको थियो। यसैगरी इङ्ल्यान्ड सन् १९९२ मा ६ विकेट, सन् २००७ मा एक विकेट र सन् २०११ मा १८ रनले विजयी भएको थियो।

वेष्ट इन्डिज

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, ओशेन थोमस,शान्नोन गब्ररी

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, जोस बुटलर, जासन रोय, मार्क वोड,आदिल रसिद