१ असार २०८३, सोमबार
,
Latest
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा अध्यक्ष प्रचण्डद्वारा नेता पौडेलप्रति अन्तिम श्रद्धान्जली



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।

आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका हुन् ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उनको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो ।

अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल संविधानसभाको सदस्य थिए ।उनी २०७० सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट समानुपातिक सभासद भएका थिए।

उनी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा शिक्षा मन्त्री भएका थिए। उनी सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए।उनकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य छिन् । । उनका दुई छोरी छन् ।




भर्खरै