१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गतिहीन छ: रामचन्द्र पौडेल (भिडियो सहित)



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक अवरुद्ध अवस्थामा रहेको बताउनु भएको छ ।  पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पौडलले भन्नुभयो जुन किसिमले राजनीति अघि बढिरहेको छ, नेपाल अवरुद्ध अवस्थामा छ । संसद् चलिरहेको छैन । सर्वोच्च अदालत अस्तव्यस्त अवस्था छ । सरकार गतिहीन छ । पार्टी भद्रगोल छ । परिवर्तनअनुसार हामी अघि बढ्न सक्यौँ कि सकेनौ ? आत्मसमीक्षा र आत्म मूल्यांकन गर्नुपर्छ ।

पार्टी बाट नेता तथा कार्यकर्ताको उचित मुल्याङ्न हुन नसकेको भन्दै पौडेलले काँग्रेसभन्दा कम्युनिस्ट किन पछि पर्‍यो भनेर समीक्षा गर्नुपर्ने बताउनु भयो ।  उहाँले भन्नुभयो  यसको समीक्षा गर्दै नेतृत्वले कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने र कार्यकर्ताले पनि नेतृत्वको मूल्याङ्कन गर्ने हैसियत राख्नुपर्छ । उहाँले  काग कराउँदै छ र पिना सुक्दैछ भनेजस्तो गरिए पार्टी बन्न नसक्ने भन्दै   पार्टीभित्र झाँगिँदो विकृतिलाई अन्त्य गर्नुपर्ने  बताउनु भयो ।