२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोली चिप्लिदा सरकारका प्रवक्ता बाँस्कोटाको दिनगन्ती सुरु



अ+ अ-
फाइल फाेटाे

काठमाडौं । सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गेठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए ।

‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’ रिपोर्टस् क्लबद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने ,‘सरकारका प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ, भने राजीनामा बाहेक अर्को बाटो हुँदैन ।’

मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलार्य सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।