२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणः प्रचार बढी, उपलब्धि कम



अ+ अ-

शनिबार । लण्डन– प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको भ्रमण सकेर आइतबार बिहान नेपाल पुग्नेछन्। १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण भएकाले यो भ्रमणलाई चासोका साथ हेरिएको थियो। विशेषतः बेलायत–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा यो भ्रमण दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन कोशेढुंगा हुने विश्वास गरिएको थियो। तर, ओलीको यो भ्रमण परिणाममुखी भन्दा पनि बढी प्रचारमुखी भएको जानकारहरु बताउँछन्।

प्रधानमन्त्री ओली स्वीजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरी सोमबार लण्डन आइपुगेका थिए भने बेलायत सरकारको हेलीकप्टर प्रयोग गरेर लण्डनदेखि अक्सफोर्ड पुगेका थिए। रोचक त के रह्यो भने ओली लण्डन आउनुभन्दा अघि वेलायत सरकारले उनको भ्रमणको बारेमा कुनै सार्वजानिक जानकारी दिएको थिएन।

लण्डन पुगेकै दिन ओलीले विश्वविख्यात अक्स्फोर्ड विश्वविद्यालयस्थित अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरे। सम्बोधनका क्रममा उनले सरकारको नेतृत्व परिवर्तनका सम्बन्धमा मुख खोल्न भ्याए। सत्तारुढ दलका सह–अध्यक्ष प्रचण्डले आलोपालोमा जोड दिइ रहंदा सत्ता नछाड्ने संकेत गर्दै उनले पार्टी एकीकरणको समयमा भएको सहमति पार्टीको निर्णय अनुसार हुने बताए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।