७ पुष २०८२, सोमबार
,
Latest
नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : श्रीलंकामाथि अष्ट्रेलियाको सहज जित, कप्तान फिन्चको शतक



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा विश्वविजेता श्रीलंकामाथि अष्ट्रेलियाको सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको हो । ३३५ रनको चुनौती पछ्याउँदै ब्यािटङ गरेको श्रीलंकाले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा २४७ रन मात्रै बनायो ।

श्रीलंकाका लागि कप्तान दिमुख करुनरत्नेले ९७ रन बनाए । उनले कुशल परेरासँग मिलेर पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । कुशलले ३६ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए । तर अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ मिचेल स्टार्कले चार विकेट लिए । त्यस्तै केन रिचार्डशनले तीन र पट कुम्मिन्सले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै शतकसहित १५३ रन बनाए । उनले १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, स्टिेभन स्मिथले ७३ रन बनाउँदा ग्लेन म्याक्श्वेल ४६ रनमा अविजित रहे ।

बलिङतर्फ श्रीलंकाका इसुरु उदना र धनन्जय डे सिल्भाले समान २–२ विकेट लिए ।