१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युरोडमा सुरु भो स्मार्ट पार्किङ, १०० जनालाई रोजगारी दिन्छ : मेयर शाक्य



अ+ अ-

काठमाडौं । राजधानीको न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुभारम्भ गरिएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताए ।

‘अहिले महानगरभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको छ । यो व्यवस्थासँगै अब न्यूरोड क्षेत्रमा सहज रुपमा पार्किङको सुविधा लिन सक्नुहुनेछ भन्ने विश्वास महानगरले लिएको छ ।’


शाक्यले निकट भविष्यमै स्मार्टपार्किङ अन्य स्थानमा पनि विस्तार गरिँदै लैजाने सो क्रममा बताए । महानगरलाई व्यवस्थित बनाउन आफू प्रयासरत रहेको बताउँदै शाक्यले स्मार्ट पार्किङपनि यही अभियानको एउटा हिस्सा भएको बताए ।

मेयर शाक्यले महानगरपालिकाले सवारी व्यवस्थापनका लागि एकपछि अर्को प्रयत्न गरिरहेको र त्यो लोकप्रिय बन्दै गएको दाबी पनि उक्त अवसरमा गरे । पिकअप एण्ड ड्रपको शुरुमा विरोध भए पनि अहिले कलंकी र कोटेश्वरमा पनि यसको माग भइरहेको उनको भनाइ छ । स्मार्ट पार्किङलाई पनि विस्तारै पिक एण्ड ड्रप जस्तै अन्य क्षेत्रमा विस्तार गरिने उनले जानकारी दिए ।

‘पाइलट प्रोजेक्टका रुपमा हामीले स्मार्ट पार्किङ सेवा सुरु गरेका छौं । यसले १०० जनालाई रोजगारी दिनेछ’, मेयर शाक्यले उद्घाटन कार्यक्रममा भने ।

तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रूलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ ।

स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।

स्मार्ट पार्किङस्थलको शुल्क दुईथरि निर्धारण गरिएको छ । महानगरपालिकाका अनुसार, दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपांग्रेका लागि ८० तोकिएको छ ।

व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्त्रिmन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।

बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नुपर्नेछ ।




भर्खरै