१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइड्रोपावरको स्काभेटरमा आगजनी



अ+ अ-
फाइल फोटो

सोलुखुम्बु । अज्ञात समूहले सोलुखोलामा दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको स्काभेटरमा आगजनी गरेका छन् ।

सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा स्काभेटरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

घटना गएरातिको भए पनि बिहान ७ बजे मात्र थाहा भएको थियो । घटना भएको १५ मिटर नजिक प्रेसरकुकर बम रहेकाले त्यसलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली इटरीबाट आउँदै गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्‍नता छ भनेर आधिकारिक पुष्टि हुन बाँकी रहेको पनि प्रहरी निरीक्षक कार्कीले बताए।