१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सले नेपाललाई विमान चाहिँ बेच्ने, तर उसको आकाशमा उड्न अयोग्य छ भन्नु न्यायोचित भएन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विमान युरोपियन आकाशमा उडने बताएका छन् ।

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा फ्रान्सले आफ्नो आकाशमा नेपाली विमानलाई उडाउन लगाएको प्रतिबन्ध हटाउन आफूले पहल गरेको बताए । उनले यसअघि डाबोस गएका बेला पनि स्वीटजरल्याण्डबाटै फ्रान्सलाई प्रतिबन्ध हटाउन आग्रह गरेको स्मरण गरे ।

उनले भने, फ्रान्सले नेपाललाई विमान चाहिँ बेच्ने, तर त्यही विमान उसको आकाशमा उड्न अयोग्य छ भन्नु न्यायोचित हुँदैन, ‘हाम्रा जहाजहरु युरोपियन आकाशमा उड्नेछन् ।

लोक सेवा आयोगको विज्ञापनबारे अहिल्यै केही नबोलौं

लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन समावेशी नभएको भन्दै विवादित बनेकोमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही नबोलौं भने।

वाइड बडी अनियमितताबारेमा पनि नबोलौं


प्रधानमन्त्री ओलीले वाइड बडी जहाज खरिदमा भएको अनियमितताबारे छानबिन भइराखेकोले अहिल्यै केही नबोल्ने प्रतिक्रिया दिएका छन्। उनले भने, ‘वाइड बडी अनियमितताबारे छानबिन भइराखेको छ, परिणाम नआइकन केही भन्न मिल्दैन।’

उनले दोषीमाथि कारबाही हुने बताए।‘छानबिन भइराखेको छ। मैले गैरजिम्मेवार ढंगले कोही भ्रष्टाचारी भन्न मिल्दैन,’ उनले भने, ‘छानबिन सकेपछि दोषीमाथि कारबाही हुन्छ।’