१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटिने र ठगिने दिन आउँदैन : मन्त्री श्रेष्ठ



अ+ अ-

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका सिलसिलमा कोही लुटिने र ठगिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “क्षमताअनुरूप जुनसुकै जिल्लाका नागरिक विदेश जान सक्छन् । विदेश जाने नाउँमा लुटिने र ठगिने कार्यलाई निरुत्साहित गरेछु , उन्मुक्ति दिइने छैन । ठगलाई तह लगाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”

श्रमजीवि र विदेशमा जाने श्रमिकको पक्षमा आफूले वकालत गर्दै आएको बताउँदै उहाँले नेपालबाट ९७ प्रतिशत युवायुवती बिना सीप वैदेशिक रोजगारीमा जाने गरेकाले त्यसो नगर्न आग्रह गर्नुभयो । विदेशमा जाने युवाका लागि अहिले सातवटै प्रदेशमा सीपमूलक तालिम केन्द्र खोल्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।  

मङ्सिर २४ गतेदेखि पुस ३ गतेसम्म व्यासनगरपालिका–५ बेनीपाटनमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका मूल संयोजक विदेश पवन चुमी थापा मगरले जानकारी दिनुभयो । करिब रु ५५ लाखको कारोबार हुने र रु ४८ लाख खर्च कटाएर रु सात लाख मुनाफा गर्ने अपेक्षा गरिएको छ ।