१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले टुङ्ग्यायो कास्कीका ७२ वडामा पार्टी नेतृत्व



अ+ अ-

कास्की– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटी कास्कीले पोखरा महानगरपालिकासहित जिल्लाका पाँच वटै स्थानीय तहका ७२ वडामा पार्टीको नेतृत्व चयन गरेको छ । पूर्व नेकपा एमाले र माओवादी केन्द्रका बीचमा केन्द्रमा पार्टी एकता भएर नेकपा गठन भएको १३ महीनापछि महानगर र चार वटा गाउँपालिकाका वडामा पार्टी अध्यक्ष र सचिव चयन गरिएको हो ।

महानगरमा ६०/४० तथा गाउँपालिकामा ५५/४५ को अनुपातमा भागबण्डाको आधारमा नेतृत्वको टुङ्गो लगाइएको छ । महानगरका ३३ वडामध्ये पूर्व एमालेले २० वडामा नेतृत्व गर्ने भएको छ भने पूर्व माओवादी केन्द्रले १३ वटा वडामा अध्यक्ष पाएको छ । अध्यक्ष र सचिव पूर्व फरक पार्टीबाट हुने गरी तोकिएको छ ।

त्यस्तै नौ वडा रहेको माछापुच्छ्रे गाउँपालिकाको पाँच वडामा पूर्व एमाले तथा चार वडामा पूर्व माओवादीले अध्यक्ष पाएको छ । मादीका १२ वडामा सात पूर्व एमाले तथा पाँच माओवादी, रुपामा चार पूर्व एमाले तथा तीन पूर्व माओवादी, अन्नपूर्णका ११ वडामा छ पूर्व एमाले र पाँच वडामा पूर्व माओवादीले नेतृत्व पाएको पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं संविधानसभाका सदस्य राजकाजी गुरुङले बताए ।

उनका अनुसार हिजो बसेको जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा वडाका अध्यक्ष तथा सचिवको नाम पारित गरी अनुमोदनका लागि प्रदेश कमिटीमा सिफारिस गरेको र प्रदेशबाट अनुमोदन भएलगत्तै केही दिनमा शपथ ग्रहण गराइने छ ।

वडाको नेतृत्व टुङ्गो लगाए पनि नेकपाले स्थानीय तहको नेतृत्व भने अझै निश्चित गर्न सकेको छैन । जिल्ला कमिटी सरहको हैसियत भएको पोखरा महानगर कमिटीको नेतृत्व पार्टी केन्द्रबाट तय गरेपछि मात्र स्थानीय तहको नेतृत्व निश्चित गरिने सो पार्टीले जनाएको छ ।




भर्खरै