६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने कांग्रेसका कार्यकर्ता रिहा



अ+ अ-

काठमाडौं । युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका दुई कार्यकर्ता रिहा भएका छन् ।

तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र मीनभवन क्याम्पस इकाइका मन्दीप काफ्लेलाई प्रहरीले त्रिभुवन विमानस्थलको पार्किङबाट कालो झण्डासहित नियन्त्रणमा लिएको थियो।उनिहरुलाई नियन्त्रणमा लिएको तीन घण्टापछि प्रहरीले छाडेको हो ।

शाहले गुठी विधेयकविरुद्धको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोजेको बताए।