७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरब युद्ध चाहँदैन – युवराज सल्मान



अ+ अ-

रियाद । साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताउनु भएको छ ।

एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उहाँले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पार्नुभयो ।
“यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,” अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभएको छ ।

इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सल्मानले यस्तो धारणा राख्नु भएको बताइएको छ ।
यमन संकटका बारेमा सोधिएको प्रश्नमा उहाँले राजनीतिक तरिकाले संकट समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।
युवराज सल्मानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राख्नु भएको छ ।

साउदी पत्रकार जमाल खसोग्जीको पीडादायी हत्याका सम्बन्धमा उहाँले “पूर्ण न्याय र विश्वसनीयता” साउदी अरबले चाहेको उल्लेख गर्नुभयो ।

“कपिपयले यसलाई राजनीतिक रुप दिन खोजेका छन्, त्यसलाई रोकौँ, बरु प्रमाणहरु छन् भने अदालतमा पेस गरौँ” उहाँले भन्नुभयो ।