६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध रोहित शर्माले हाने शतक



अ+ अ-

काठमाडौं । भारतका रोहित शर्माले विश्वकपमा पाकिस्तानविरुद्ध शतक बनाएका छन् ।


इंग्ल्यान्डको म्यान्चेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएर ब्याटिङ गरेको भारतका ओपनर रोहित र केएल राहुलले २९ रनको साझेदारी गरे । लगतै राहुल ५७ रनमा आउट भए । उनले ७८ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

कप्तान विराट कोहलीसँग शतकीय साझेदारी गरेका शर्माले ३० ओभरमा एक रन लिदै शतक पुरा गरेका छन् ।

विश्वकपमा भारत आफ्नो चौथो खेल खेल्दै छ । पाकिस्तानले पाँचौं खेल खेल्दैछ ।

यसअघि तीन खेल सकेको भारत अपराजित यात्रा कायम राख्ने अभियानमा छ । भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो । भारत र न्युजिल्यान्डविरुद्धको खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तीन खेलबाट पाँच अंक बनाएको छ ।

यसैगरी पाकिस्तान पनि भारतलाई हराउन धेरै मिहिनेत गरिरहेको छ । तर, पाकिस्तान यसपटकको विश्वकपमा त्यति जम्न सकेको छैन । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्ध भएको थियो । चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो । पाकिस्तानले चार खेलबाट तीन अंक बनाएका छ ।

भारत र पाकिस्तान दुवै विश्वकप विजेता टोली हुन् । पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएको भारतले सन् १९८३ र सन् २०११ मा दुई पटक विश्वकपको उपाधि जितिसकेको थियो । पाकिस्तानले सन् १९९२ मा उपाधि जितेको थियो । विश्वकपको उपाधि दाबेदार भारत उत्कृष्ट लयमा छ । भारतका प्रारम्भिक ब्याट्सम्यान र बलर बलियो देखिएका छन् । पाकिस्तानको बलियो पक्ष भनेको तीव्र गतिका बलर नै हो । यसअघि यी दुई टोलीबीच भएको विश्वकप भिडन्तमा पनि भारत बलियो छ । विश्वकपमा यसअघि भारत र पाकिस्तान ६ पटक खेलेका थिए । जसमा भारतले ६ वटै खेल जितेको छ । त्यसैले आज पाकिस्तानले भारतलाई हराउन हर कोशिष गर्नेछ । भारतले पनि आफ्ना शाख कायम राख्न भरपुर प्रयास गर्नेछ ।

प्लेइङ इलाभेन

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोहेब मलिक, सादब खान, मोहम्मद आमिर, हसन अली, वाहव रियाज, इमाद वासिम ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, महेन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।