७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध कर्णको साइकल यात्रा



अ+ अ-

काठमाडौं । भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन ।

साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

आइतबार साइकलयात्राबारे जानकारी दिदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए । देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
देशमा व्यवहारिक शिक्षा आवश्यक रहेको विषय भ्रमणबाट थाहापाएको बताए । साइकल यात्राको उद्देश्य देशको वास्तविक अवस्था बुझ्नु रहेको उनको भनाई थियो ।