काठमाडौं । कोपा अमेरिका-2019 मा उरुग्वेले विजयी सुरुवात गरेको छ ।
सोमबार विहान भएको खेलमा उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोलले पराजित गरेको हो । उरुग्वेको जितमा निकोलास लोडेरिया, इडिसन काभानी र लुइस स्वारेजले समान एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।
एकतर्फि बनेको खेलमा उरुग्वेका लागि खेलको छैटौं मिनेटमै निकोलास लोडेरियाले पहिलो गोल गर्दै अग्रता १–० बनाएका थिए । त्यसपछि इक्वेडर २४ औं मिनेटमा १० खेलाडीमा खुम्चियो । इक्वेडरका जोसे क्न्टिेरोज सोझै रातो कार्ड खाएर मैदान छाडेपछि एकतर्फी दबाब बढाउन थालेको उरुग्वेका लागि खेलको ३३औं मिनेटमा इडिसन काभानीले आकर्षक बाइसाइकल गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।
त्यपछि खेलको ४४ औं मिनेटमा लुइस स्वारेजले किपरको छेउबाटै गोल गर्दै अग्रता ३–० बनाएका थिए । पहिलो हाफ ३–० ले अगाडी रहेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पायो । उरुग्वेबाट लगातार आक्रमण खेल खेलेपछि इक्वेडर झन दवाबमा आयो । इक्वेडरका अर्टुरो मिनाले ७८औं मिनेटमा आत्मघाती गोल गरे । डि बक्सभित्र बल क्लियर गर्नेक्रममा मिनालाई लाग्दै बल आफ्नै पोस्टमा छिरेपछि उरुग्वेले खेलमा ४–० को अग्रता बनायो ।
बाँकी समयमा दुबैबाट गोल नभएपछि उरुग्वेले ३ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थान लियो । । पराजित इक्वेडर पुछारमा छ ।
भोलिका खेलहरु
असार ३ , मंगलबार – विहान ४:४५ बजे – जापान विरुद्ध चिली
अन्य खेलहरु
असार ४, बुधबार – विहान ३:१५ बजे – बोलिभिया विरुद्ध पेरु
असार ४, बुधबार – विहान ६:१५ बजे – ब्राजिल विरुद्ध भेनेजुएला
असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान