१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको सहज जित, रोहितले हाने दोस्रो शतक



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानमाथि भारतले सहज जित हात पारेको छ । आइतबार बेलुका भएको खेलमा भारतले पाकिस्तानलाई डक अफ लुइस मेथडका आधारमा ८९ रनले पराजित गरेको हो ।

भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएर खेलिरहेको अवस्थामा पानी पर्न सुरु भएको थियो । केही समयपछि खेल पुनः सुचारु भयो । ४० ओभरमा झारिएको खेलमा पाकिस्तानले डकवर्थ एन्ड लेविस नियमका आधारमा ३०२ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा २१२ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान फाखर जामनले ६२ रन बनाए । यसैगरी बाबर आजमले ४८, इमाद वासिमले अविजित ४६, सदाव खानले २० र कप्तान सरफराज अहमदले १२ रन बनाए । भारतका कुलदीप यादव, हार्दिक पाण्ड्या र विजय शंकरले २/२ विकेट हात पारे ।

यसअघि ओल्ड ट्राफोर्डमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले वर्षाले प्रभावित खेलमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको छ । भारतको पारीमा ४६.४ ओभरमा पानीले खेल रोकिएको थियो तर, वर्षा रोकिएपछि ओभर घटाइएन, भारत नै ब्याटिङमा आयो । भारतको सुरुवात राम्रो रहृयो । रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरे । शर्माले १४० रन बनाए । जारी विश्वकपमा रोहितको दोस्रो शतक हो । यसअघि उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए । उनले उक्त खेलमा १२२ रन बनाएका थिए । यससँगै रोहितले एकदिवसीय क्रिकेटमा आफ्नो शतक संख्या २३ पु¥याएका छन् ।

कप्तान विराट कोहलीले ७७ रन बनाए ।उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन बनाउने खेलाडी पनि बनेका छन् । उनले २३० खेलको २२२ पालीबाट यो कोसेढुंगा बनाएका हुन् । यसअघि यो कीर्तिमान सचिन तेन्दुल्करको नाममा थियो । उनले २७६ पालीमा ११ हजार रन पूरा गरेका थिए ।

यसैगरी भारतका लोकेश राहुलले ५७, हार्दिक पाण्ड्याले २६ र विजय शंकरले १५ रन बनाए ।

राहुल ५७ रनमा आउट भए । पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट हात पारे ।




भर्खरै