१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : पराग्वे र कतार बराबरीमा रोकिए, अकंतालिकामा अर्जेन्टिना पुछारमा



अ+ अ-

काठमाडौं । कोपा अमेरिका-२०१९ मा पराग्वे र पाहुना टोली कतार पहिलो खेलमा बराबरीमा रोकिएका छन् ।

सोमबमर बिहान भएको समूह ‘बी’को खेलमा दुवै टिमले २–२ गोल गरेका थिए । पराग्वेका लागि ओस्कार कारडोजो र डेर्लिस गोन्जाले गोल गरेका थिए भने कतारका लागि अल्मोइज अली र बोउआलेम खोउखीले समान एक एक गोल गरेका थिए ।

खेलमा पराग्वेले २–० को सहज अग्रता लिएर पनि जोगाउन सकेन । उसले खेलको चौथो मिनेटमै ओस्कार कारडोजोको पेनाल्टीबाट गोल गर्दै १–० को अग्रता बनाएका थिए । उनकै गोलबाट पराग्वेले पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको थियो ।

खेलको दोस्रो हाफमा ३ गोल भएको थियो । प्रतिस्पर्धत्मक बनेको खेलमा ५६औं मिनेटमा डेर्लिस गोन्जालेले गोल गर्दै पराग्वेलाई २–० को अग्रता दिलाए । तर कतारले पनि यतिमै हार मानेन । खेलको ६८औं मिनेटमा अल्मोइज अलीले गोल गर्दै खेल २–१ मा झारे । कतारले फेरि खेलको ७७औं मिनेटमा गोल गर्यो । उसका लागि बोउआलेम खोउखीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । बाँकी समय दुबै टिमले गोल गर्न नसक्दा अंक बाँडे ।

यो बराबरीपछि समूह ‘बी’मा दुवै टिमले अंक बाँडेका छन् । यो समूहमा कोलम्बिया ३ अंकसहित शीर्ष स्थानमा छ । पराग्वे १ अंकसहित दोस्रो र कतार समान १ अंकसहित तेस्रो स्थानमा छ । अर्जेन्टिना भने अंकविहीन हुँदै पुछारमा रहेको छ ।

भोलिका खेलहरु

असार ३ , मंगलबार – विहान ४:४५ बजे – जापान विरुद्ध चिली

अन्य खेलहरु

असार ४, बुधबार – विहान ३:१५ बजे – बोलिभिया विरुद्ध पेरु
असार ४, बुधबार – विहान ६:१५ बजे – ब्राजिल विरुद्ध भेनेजुएला
असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान