६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : पराग्वे र कतार बराबरीमा रोकिए, अकंतालिकामा अर्जेन्टिना पुछारमा



अ+ अ-

काठमाडौं । कोपा अमेरिका-२०१९ मा पराग्वे र पाहुना टोली कतार पहिलो खेलमा बराबरीमा रोकिएका छन् ।

सोमबमर बिहान भएको समूह ‘बी’को खेलमा दुवै टिमले २–२ गोल गरेका थिए । पराग्वेका लागि ओस्कार कारडोजो र डेर्लिस गोन्जाले गोल गरेका थिए भने कतारका लागि अल्मोइज अली र बोउआलेम खोउखीले समान एक एक गोल गरेका थिए ।

खेलमा पराग्वेले २–० को सहज अग्रता लिएर पनि जोगाउन सकेन । उसले खेलको चौथो मिनेटमै ओस्कार कारडोजोको पेनाल्टीबाट गोल गर्दै १–० को अग्रता बनाएका थिए । उनकै गोलबाट पराग्वेले पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको थियो ।

खेलको दोस्रो हाफमा ३ गोल भएको थियो । प्रतिस्पर्धत्मक बनेको खेलमा ५६औं मिनेटमा डेर्लिस गोन्जालेले गोल गर्दै पराग्वेलाई २–० को अग्रता दिलाए । तर कतारले पनि यतिमै हार मानेन । खेलको ६८औं मिनेटमा अल्मोइज अलीले गोल गर्दै खेल २–१ मा झारे । कतारले फेरि खेलको ७७औं मिनेटमा गोल गर्यो । उसका लागि बोउआलेम खोउखीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । बाँकी समय दुबै टिमले गोल गर्न नसक्दा अंक बाँडे ।

यो बराबरीपछि समूह ‘बी’मा दुवै टिमले अंक बाँडेका छन् । यो समूहमा कोलम्बिया ३ अंकसहित शीर्ष स्थानमा छ । पराग्वे १ अंकसहित दोस्रो र कतार समान १ अंकसहित तेस्रो स्थानमा छ । अर्जेन्टिना भने अंकविहीन हुँदै पुछारमा रहेको छ ।

भोलिका खेलहरु

असार ३ , मंगलबार – विहान ४:४५ बजे – जापान विरुद्ध चिली

अन्य खेलहरु

असार ४, बुधबार – विहान ३:१५ बजे – बोलिभिया विरुद्ध पेरु
असार ४, बुधबार – विहान ६:१५ बजे – ब्राजिल विरुद्ध भेनेजुएला
असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान