१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक गर्मी र ‘लू’का कारण चौबिस घण्टामा ६६ मानिसको मृत्यु



अ+ अ-

काठमाडौं । भीषण गर्मी र लूको कारणले शनिवार बिहारमा ६६ मानिसको मृत्यु भएको छ । मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन् ।

लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए । प्रदेशका विभिन्न अस्पतालमा अझै पनि १ सय विरामीको उपचार भइरहेको जानकारी छ । सरकारले अस्पताललाई हाई अलर्टमा राखेको छ ।

केन्द्रीय स्वास्थ मन्त्री डा.हर्षवर्धन गर्मीमा कमी नआएसम्म घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् ।

बिरामीमा १०८ डिग्रीसम्मको ज्वरो

डाक्टरका अनुसार ‘लू’ बाट प्रभावितहरुमा भाइरल ज्वरो आएको थियो । मर्ने मध्य अधिकाशं विरामीमा १०२ देखि १०८ डिग्री फरेनहाइट ज्वरो थियो ।

१०८ ज्वरो अत्यन्त खतरनाक अवस्था हो । त्यति ज्वरोको साथ अस्पताल आएका विरामी केही मिनेटमै मरेका थिए ।

दिउँसो २ देखि ५ बजे बीच सबैभन्दा बढी मृत्यु

विरामीका उपचारमा संलग्न डाक्टर भी के प्रसादले उपचारको दौरान आफ्नो अस्पतालमा १५ मानिसको मृत्यु भएको बताए ।

विरामीलाई कडा ज्वारो, वान्ता आउने, टाउको दुख्ने, ज्यान दुख्नेजस्ता समस्यासहित आएका थिए ।

डा. प्रसादका अनुसार अधिकांश मृत्यु दिउँसो २ देखि ५ बजेबीच भयो ।

५२ वर्ष यताकै उच्च तापक्रम

शनिबार बिहारको तापक्रम अत्यधिक बढी थियो । यस कारण पनि लूको तीव्रता बढी छ ।

शनिवार पटनाको अधिकतम तापक्रम ४५.८ डिग्री थियो । यो तापमान सामान्यभन्दा ९ डिग्री बढी हो ।

सो दिन न्यूनतम तापक्रम पनि सामान्यभन्दा ४ डिग्री बढी रह्यो । पछिल्लो ४८ घण्टामा अधिकतम तापमानमा अधिकतम तापक्रममा ४.४ डिग्रीको वृद्धि देखियो ।

यो स्तरमा पटनाको अधिकतम तापक्रम दर्ता भएको सबैभन्दा उच्च तापक्रमलाई पनि उछिन्ने मार्गमा रहेको अनुमान गरिएको छ । पटनामा सन् १९६६ जुन ९ मा अहिलेसम्मकै उच्च ४६.६ डिग्री तापक्रम मापन गरिएको थियो ।

मृतक परिवारलाई ४ लाख सहयोग

विहारका मुख्यमन्त्री नीतिश कुमारले औरङ्गाबाद, गया र नवदामा भीषण गर्मी र लूको कारण मृत्यु भएका प्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई ४/४ लाख भारु मुआव्जा दिने बाचा गरेका छन् ।