६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले ईन्धनको मुल्य घटाएको छ । निगमले आईतवार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

नेपाली बजारमा भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । समायोजित मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८ तथा डिजेल र मट्टीतेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।