हेटौँडा । नारायणगढबाट वीरगञ्ज जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ ।
मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।