७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : उपाधिको प्रबल दाबेदार वेस्ट इण्डिज र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिजले बंगलादेशको सामना गर्दैछ।

काउन्टी ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। दुवै टोलीले आज विश्वकपमा पाँचौं खेल खेल्दैछन् । दुवैले तीन तीन अंक बनाएका छन् । वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र बंगलादेश आठौं स्थानमा छ । यी दुवै टोलीले एक एक खेल जितेका छन् । एक एक खेलमा हार खेपेका दुवै टोलीको एक एक खेल बर्षाका कारण रद्ध भएको थियो ।

विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको इतिहास निकै लामो र गौरवशाली छ भने बंगलादेशको विश्वकपमा यो केवल छैटौं सहभागिता हो।

वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा विश्वकपको उपाधि जितिसकेको छ। इङ्ल्यान्डले भने हालसम्म विश्वकप जित्न सकेको छैन। वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा पराजित भएको थियो । छैटौं पटक विश्वकपमा सहभागिता जनाई रहेको बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन ।बंगलादेश सन् २००७ मा सुपर एट चरण र सन् २०१५ मा क्वार्टरफाइनलसम्म पुगेको थियो।

यी दुई टोली हालसम्म एकदिवसीय क्रिकेटमा ३७ पटक आपसमा भिडेका छन्। २१ खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने १४ खेलको नतिजालाई बंगलादेशले आफ्नो पक्षमा पारेको छ। दुई खेल भने अनिर्णित रूपमा सकिएको छ।

जासन होल्डरको कप्तानीमा रहेको वेस्ट इन्डिज र मसरफे मोर्तजाको कप्तानीमा रहेको बंगलादेशको स्तर समान छ । त्यसैले अघिल्लो चरणमा पुग्न आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

वेष्ट इन्डिज

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस,निकोलस पूरन, केमर रोच, शेनन गैब्रिएल, फाबियान एलेन।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।