६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि सेवा आयोगको गेटमा तालाबन्दी



अ+ अ-

काठमाडौं । त्रिवि सेवा आयोग विरुद्द अनसनमा बसेका विद्यार्थीले मुलगेटमै तालाबन्दी गरेका छन् । एक महिनादेखि आयोगको मुल गेटमा अनसन बसिरहेका विद्यार्थीले आजदेखि पदाधिकारीलाई प्रवेशमा रोक लगाउने भन्दै तालाबन्दी गरेका हुन् ।

त्रिविस्थित आयोग परिसरमा ३० दिनदेखि अनशन बस्दा पनि माग सुनुवाइ नभएको विद्यार्थीले तालाबन्दी गरेका हुन ।

परिक्षा खारेजीको माग गर्दै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकमारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अनसनमा बसेका थिए ।

उनीहरूले ‘भ्रष्ट पदाधिकारी’ लाई बर्खास्त गर्नुपर्ने र अनियमित तरिकाले लिएको परीक्षाको नतिजा रद्द गर्नुपर्नेलगायत माग राखेकाछन् ।

कर्मचारीको परिक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, अन्य पदाधिकारी र विद्यार्थी नेताकासमेत आफन्तको नाम निकालेको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको छ । उजुरी परेपछि अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएपनि सेवा आयोगले लिखितमा नाम निकालेका परिक्षार्थीको मौखिक परिक्षा लिइसकेको छ ।