७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु



अ+ अ-

दमास्कस । सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सरकारी समाचार संस्था ९साना० का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो ।

अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरु १५ जना गाउँले घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले पनि गाउँलेहरुको हत्या भएको जनाउँदै आक्रमणबाट पाँच जना बालबालिका पनि मारिएको बताएको छ । अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले नै आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ ।
अलेप्पोसँग सीमा जोडिएको हामा प्रान्तको ग्रामीण इलाकामा पनि सरकारी फौज र विद्रोहीबीच संघर्ष जारी छ । यहाँ शनिबार भएको भिडन्तमा ३५ जना लडाकू मारिएका थिए ।

अलेप्पो, हामा र इडलिब प्रान्तलाई विद्रोही र सरकारी फौजबीच मध्यवर्ती क्षेत्रका रुपमा राख्न रुस, सिरिया र टर्कीबीच गएको सेप्टेम्बर महिनामा सहमति भएको थियो । तर यस सम्झौताको पूर्ण पालना भएको छैन । विद्रोहीहरुले तोकिएको क्षेत्रबाट हातहतियार फिर्ता लैजान अस्वीकार गरेका छन् ।

सन् २०११ देखि शुरु भएको सिरियाको गृहयुद्धका कारण तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।