६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा गठबन्धनलाई चुनावमा सघाएबापत् एकनाथ ढकालले मागे सांसद पद



अ+ अ-

काठमाडौं । परिवार दलले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संसदमा आफ्नो दललाई सहभागी गराउन माग गरेका हुन् । उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरे। सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार दलले जनाएको छ ।


स्रोतका अनुसार गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ।

चुनावको बेला परिवार दलले वाम गठबन्धनलाई सघाउँदै सूर्य चुनाव चिन्ह लिएर लड्ने र त्यसबापत प्रतिनिधि सभामा परिवार दलको प्रतिनिधित्व गराउने सहमति भएको थियो।

परिवार दलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको ढकालले जानकारी दिइएको छ ।