१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुवनेश्वर कुमार तीन खेलसम्म मैदान बाहिर रहने, उनको ठाँउमा शामी आउदै



अ+ अ-

काठमाडौं । पाकिस्तानविरुद्धको खेलमा चोटग्रस्त भएका भारतीय क्रिकेट टिमका मुख्य खेलाडी तथा ओपनर बलर भुवनेश्वर कुमार करिब तीन खेलसम्म मैदान बाहिर नै रहने भएका छन् ।

कप्तान विराट कोहलीको भनाइअनुसार अब उनले अब करिब तीन खेल गुमाउने छन् । कप्तान कोहलीले भनेका छन्, ‘बलिङ गर्ने क्रममा उनको खुट्टा चिप्लिएको हो । उनलाई आरामको आवश्यक छ । आशा छ उनी छिट्टै निको हुनेछन् । उनले तीनभन्दा धेरै खेल गुमाउने छैनन् ।’

भुवनेश्वरको स्थानमा अब मोहम्मद शामीले स्थान पाउने छन् । आईपीएलमा निकै लयमा देखिएका शामी विश्वकपमा भने बेन्चमै बस्दै आएका थिए ।

पाकिस्तानविरुद्धको खेलमा भुवनेश्वर बलिङ गर्ने क्रममा चोटग्रस्त भएपछि उनले पूरै ओभर बलिङ गर्न पाएनन् । २.४ ओभर बलिङ गरेका भुवनेश्वरले पाकिस्तानविरुद्ध ८ रन मात्रै खर्चिएका थिए ।

यता औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान रहेका छन् । धवनको औंला फ्याक्चर भएकाले उनले पाकिस्तानविरूद्धको खेल गुमाउएका थिए ।

अष्ट्रेलियाविरुद्धको खेलको क्रममा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।चोटका कारण उनी फिल्डिङका लागि मैदानमा आएका थिएनन। उनको सट्टा रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए।


धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । उनले ११७ रन बनाएका थिए। यस पारीका लागि उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, महेन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।