७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन् । उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए ।

सोमबार नै अस्थायी सभामुख चुनिएका विरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद सदस्यको सपथ गराएका थिए । भारतीय लोकसभाको १७औं बैठक सोमबार नै शुरु भएको हो ।

संविधान अनुसार संसदीय दलको नेताको रुपमा मोदीले पहिलो सांसदको सपथ लिएका हुन् । नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरुले पछि पालैपालो सपथ लिनेछन् । सांसदहरुले सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

लोकसभाका सदस्यका रुपमा निर्वाचित भएका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कानुन मन्त्री रवि शंकर प्रसादले भने सपथ लिएका छन् ।

लोकसभाको सभामुखको चयन भने जुन १९ का दिन हुनेछ । राष्ट्रपति रामनाथ कोबिन्दले जुन २० तारिखका दिन संसदको दुबै सदनलाई सम्बोधन गर्नेछन् ।

नयाँ सरकारले केन्द्रीय बजेट आगामी जुलाई ५ का दिन संसद समक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।