१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।

कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा यो दुर्घटना भएको थियो । सो दुर्घटनाको अनुसन्धान भइरहेको र दुर्तगतिमा सवारी साधन चलाएका कारण नै उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस बसमा ५८ जना यात्रु सवार रहेका प्रत्यक्षदर्शीले स्थानीय पत्रिका पानोरामाले जनाएको छ ।

भेनेजुएलामा सडक मर्मत सम्भारमा कमी, जीर्ण सवारी सधान, चालकको लापर्वाही जस्ता कारणले बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको एक प्रतिवेदनका अनुसार भेनेजुएलामा सन् २०१६ मा १० हजार ६ सय व्यक्तिको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।