१ असार २०८३, सोमबार
,
Latest
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त



अ+ अ-

इस्लामावाद । पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ ।

पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त हुनुभएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ ।

हमिदले यसअघि आइएसआईको प्रतिजासुसी विभागको प्रमुखका रुपमा सेवा गरिसक्नु भएको छ । उहाँ गत अप्रिल १२ मा लेफ्टीनेन्ट जनरलमा पदोन्नति हुनुभएको थियो ।

सन् १९५० मा स्थापना भएको आइएसआईलाई पाकिस्तानी हित र राष्ट्रिय सुरक्षाका मामिलामा देश भित्र र बाहिर गुप्तचरी गर्ने प्रमुख जिम्मेवारी दिइएको थियो । यसको प्रधान कार्यालय हाल इस्लामावादमा रहेको छ ।




भर्खरै