१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : चिलीविरुद्द जापानले आफ्नो मेस्सीलाई मैदान उत्रार्दै



अ+ अ-

काठमाडौं । समूह सीमा चिलीले भोली एसियाली फुटबलको पावर हाउस भनेर चिनिने जापानसँग पहिलो खेल खेल्दै ।

नेपाली समयअनुसार भोली बिहान ४ः४५ बजे सुरु हुनेछ। २० वर्षपछि दक्षिण अमेरिकी फुटबलमा पmर्केको जापानले साविक विजेता चिलीसँग खेल्दै यस संस्करणको सुरुवात गर्नेछ । चिलीले पछिल्लो दुई संस्करणमा उपाधि जितेको थियो। सन् २०१५ र २०१६ मा चिलीले अर्जेन्टिनालाई नै हराएर उपाधि जितेको थियो।

उपाधि रक्षा गर्दै ह्याट्रिक गर्ने अभियानमा रहेको चिलीसँग अनुभवी खेलाडीहरु छन्।एलेक्स सान्चेज, अर्टुरो भिदाल, गोन्जालरो जरा, माउरिसिओ इस्ला, जिन ब्युसेजोरले सय भन्दा बढि खेल खेलिसकेका छन्। मिडफिल्डर चार्ल्स अराइङ्गुस र ८२ खेल खेलेका एड्वार्डो भर्गास पनि टिममा छन्।

यता सन् २०१८ मा भएको रसिया विश्वकपमा अन्तिम १६ बाट आउट भएको जापानसँग पनि टकर दिने खेलाडीहरु छन् । सिन्जी ओकाजाकीले टोलीको कप्तानी गर्दैछन्। जसले सबैभन्दा धेरै ११६ खेल खेलेका छन्। यस्तै ८८ खेल खेलिसकेका गोलकिपर आइजी कावाशिमा र ३४ खेल खेलेका गाबु शिवान्स्की पनि टिममा छन्।

केही दिनअघि मात्र रियल मड्रिडमा अनुबन्ध भएका जापानिस मेसीको रुपमा चर्चित ताकेफुसो कुबो पनि हेर्न लायक खेलाडीका रुपमा छन्।

यस समूहमा उरुग्वेले पहिलो खेल जित्दै ३ अंक जोडिसकेको छ। उरुग्वेले आज बिहान भएको खेलमा इक्वेडरलाई ४–० ले पाराजित गरेको थियो। उरुग्वेको जितमा निकोलास लोडेरिया, इडिसन काभानी र लुइस स्वारेजले समान एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

एकतर्फि बनेको खेलमा उरुग्वेका लागि खेलको छैटौं मिनेटमै निकोलास लोडेरियाले पहिलो गोल गर्दै अग्रता १–० बनाएका थिए । त्यसपछि इक्वेडर २४ औं मिनेटमा १० खेलाडीमा खुम्चियो । इक्वेडरका जोसे क्न्टिेरोज सोझै रातो कार्ड खाएर मैदान छाडेपछि एकतर्फी दबाब बढाउन थालेको उरुग्वेका लागि खेलको ३३औं मिनेटमा इडिसन काभानीले आकर्षक बाइसाइकल गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

त्यपछि खेलको ४४ औं मिनेटमा लुइस स्वारेजले किपरको छेउबाटै गोल गर्दै अग्रता ३–० बनाएका थिए । पहिलो हाफ ३–० ले अगाडी रहेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पायो । उरुग्वेबाट लगातार आक्रमण खेल खेलेपछि इक्वेडर झन दवाबमा आयो । इक्वेडरका अर्टुरो मिनाले ७८औं मिनेटमा आत्मघाती गोल गरे । डि बक्सभित्र बल क्लियर गर्नेक्रममा मिनालाई लाग्दै बल आफ्नै पोस्टमा छिरेपछि उरुग्वेले खेलमा ४–० को अग्रता बनायो ।

बाँकी समयमा दुबैबाट गोल नभएपछि उरुग्वेले ३ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थान लियो । पराजित इक्वेडर पुछारमा छ ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् ।

कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।