६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारी



अ+ अ-

नयाँदिल्ली । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना गरिने भएको छ । योसँगै भारतमा २०० मेगावाट विद्युत उत्पादन गर्न भेल सक्षम हुनेछ ।

भातरीय एनटीपीसी लिमिटेड र गुजरात स्टेट इलेक्ट्रिसिटी कर्पोरेसन (जीसेल) बाट भेलले करिब आठ सय करोड भारतीय रुपैयाँका दुई परियोजना सञ्चालन गर्नेछ ।

एनटीपीसीले तेलंगानाको रामागुन्डाममा १०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्दैछ । जीसेलले पनि गुजरातको बानसकन्थ जिल्लामा १०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्नेछ । यी दुबै प्लान्ट भेलले स्थापना गर्नेछ ।

भेलले इन्जिनियरिङ, खरिद र निर्माणका कार्यहरु गर्नेछ । भेलले लक्षद्विप समेत देशका अन्य भेगमा गरी ५०० मेगावाटभन्दा बढीका सौर्य ऊर्जाका प्लान्ट स्थापना र सञ्चालन गरिआएको छ ।

भेलले जारी गरेको विज्ञप्तिमा मुलुकमा हरित ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गरेको छ ।