७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सुधार



अ+ अ-

काठमाडौं– लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि भई २७०.२६ अङ्कमा पुगेको छ । परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ ।

कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।

विकास बैंक २.७६, लघुवित्त ३.१९ र जीवन बीमा १८.८४ बिन्दुले घट्दा बैंकिङ १.७, होटल १२.८८, जलविद्युत् ८.८९, वित्त २.०६, निर्जीवन बीमा ३७.२७, उत्पादन २८.३२, अन्य २.२७ र सामूहिक लगानी कोष ०.०५ अङ्कले बढेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । बैंकको प्रतिकित्ता रु ३२४ का दरले रु तीन करोड २९ लाख तीन हजार ३२० मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट प्रतिकित्ता रु ६५६ का दरले रु तीन करोड २२ लाख ७८ हजार ४८१, प्रभू बैंक प्रतिकित्ता रु २६६ का दरले रु दुई करोड ३१ लाख २९ हजार २८१, सिद्धार्थ बैंक लिमिडेट प्रतिकित्ता रु ३२० का दरले रु एक करोड ८२ लाख ४८ हजार ९२, कृषि विकास बैंक प्रतिकित्ता रु ४०३ का दरले रु एक करोड ७३ लाख ६२ हजार २९८ मा कारोवार भई शीर्ष स्थानमा रह्यो ।

अरुण भ्याली हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.७३ प्रतिशतले कमाउँदा गुर्खाज फाइनान्स ५.१३, गुराँस लघुवित्त वित्तीय संस्था ४.९६, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८९ र सिद्धार्थ इक्वुटी ओरियन्टेड स्किमका लगानीकर्ताले ४.४६ प्रतिशतले कमाए । त्य

स्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८, युनियन हाइड्रो पावर लिमिटेड ४.६६, गुडविल फाइनान्स कम्पनी ४.४७, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.३७ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८४ प्रतिशतले गुमाए । यस्तै स्टकमा आज नविल बैंक लिमिटेडको ९६ लाख ८६ हजार २४४ कित्ता शेयर लाभांश सूचीकृत भयो ।