७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

हायात होटल बन्द



अ+ अ-

काठमाडौँ । तारागाँउ रिजेन्सी होटल लिमिटेड हायात मजदुर युनियनको आन्दोलनका कारण बन्द भएको छ । नेपाल स्टक एकसचेन्जलाई पत्र लेख्दै तारागाँउ रिजेन्सी होटल लिमिटेडसंग आवद्द अखिल नेपाल होटल संघ र क्यासिनो तथा रेष्टुँरा मजदुर संघको आन्दोलनको कारण होटल बन्द गरिएको बताइएको छ ।

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका महासचिव मुक्ति दाहालले व्यवस्थापनले स्वास्थ्य बीमा सुविधा कटौंती गरेको बताउँदै उच्च व्यवस्थापनमा भारतीय कर्मचारी नियुक्ती गरेपछि समस्या सुरु भएको बताए।

मजदुर संघले विभिन्न माग राखि ती मागहरुलाई पुरा गराउने उद्देश्यले व्यवस्थापनमा प्रभाव र दवाद होटलमा काम गर्दै आएका १ देखि ४ तहसम्मका श्रमिकलाई मजदुर संघले हड्ताल र नाराजुलुस गरेको कारण होटल बन्द गर्न बाध्य भएको व्योहोरा उल्लेख गरिएको छ ।

होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले मजदुर विवादका कारण होटल बन्द भएको जानकारी दिए।‘ कर्मचारीनै हड्तालमा उत्रिएपछि होटल कसरी संचालन गर्ने? ’उनले भने,’हड्ताल सुरु भएपछि हामीले यहाँका पाहुना समेत अरु होटलमा सार्यौं।’ उनका अनुसार हड्ताल भएपछि अन्तर्राष्ट्रिय स्तरमै बुकिङ बन्द भइसकेको छ।‘यो अन्तर्राष्ट्रिय चेन होटल हो। पर्यटकको सुरक्षा पहिलो प्राथमिकतामा राख्छ। त्यसैले उतैबाट बुकिङ बन्द भएको हो।’ परियारले भने।