६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दियो, गेल र रसेल शून्यमै आउट



अ+ अ-

काठमाडौं । विकेट किप्पर शाइ होपको उत्कृष्ठ ब्याटिङसँगै वेष्ट इन्डिजले विश्वकप क्रिकेटमा बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२१ रन बनायो ।उसका लागि शाइ होपले ९६ रन बनाए । उनि शतक बनाउनबाट ४ रनले चुके । होपले ९६ रन बनाउने क्रममा १२१ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे । यता इभिन लेविसले ६७ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ७० रन बनाए ।

यता शिमरन हिटम्यरले अर्ध शतक प्रहार गरे । उनले ५० रन बनाउने क्रममा २६ खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ज्यासन होल्डर ले ३३ रन बनाउदा ड्यारेन ब्राभो १९ रन बनाए । तर पछिल्ला क्रममा अरु ब्याट्सम्यानले त्यसअनुसार रन बनाएन सकेनन् ।ओशेन थोमसले ६ रन बनाए । आशा गरिएको क्रिश गेल र एन्ड्रे रसेल शून्य रनमै आउट भए ।

बंगलादेशको लागि मुस्ताफिजुर रहमान र मोहम्मद सइफुदिनले समान तीन तथा शकिब अल हसन दुई विकेट लिए ।

दुवै टोलीले आज विश्वकपमा पाँचौं खेल खेल्दैछन् । दुवैले तीन तीन अंक बनाएका छन् । वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र बंगलादेश आठौं स्थानमा छ । यी दुवै टोलीले एक एक खेल जितेका छन् । एक एक खेलमा हार खेपेका दुवै टोलीको एक एक खेल बर्षाका कारण रद्ध भएको थियो ।

विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको इतिहास निकै लामो र गौरवशाली छ भने बंगलादेशको विश्वकपमा यो केवल छैटौं सहभागिता हो।

वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा विश्वकपको उपाधि जितिसकेको छ। इङ्ल्यान्डले भने हालसम्म विश्वकप जित्न सकेको छैन। वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा पराजित भएको थियो । छैटौं पटक विश्वकपमा सहभागिता जनाई रहेको बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन ।बंगलादेश सन् २००७ मा सुपर एट चरण र सन् २०१५ मा क्वार्टरफाइनलसम्म पुगेको थियो।

यी दुई टोली हालसम्म एकदिवसीय क्रिकेटमा ३७ पटक आपसमा भिडेका छन्। २१ खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने १४ खेलको नतिजालाई बंगलादेशले आफ्नो पक्षमा पारेको छ। दुई खेल भने अनिर्णित रूपमा सकिएको छ।

जासन होल्डरको कप्तानीमा रहेको वेस्ट इन्डिज र मसरफे मोर्तजाको कप्तानीमा रहेको बंगलादेशको स्तर समान छ । त्यसैले अघिल्लो चरणमा पुग्न आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन मिराज, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्पिmक्यर रहिम, मुस्ताफिजुर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, ओशेन थोमस, स्यानन गाबि्रयल ।