६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : एसियाली पावर हाउस जापानमाथि चिलीको फराकिलो जित



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ मा साविक विजेता चिलीले विजयी सुरुवात गरेको छ ।

मंगलबार विहान भएको खेलमा चिलीले एसियाली फुटबलको पावर हाउस भनेर चिनिने जापानलाई ४–० गोलले पराजित गरेको हो । चिलीको जितमा एडुआर्डो भर्गासले दुई तथा इरिक पल्गरर एलेक्सिस सान्चेजले समान एक एक गोल गरे ।

एकतर्फि बनेको खेलमा चिलीका लागि खेलको ४१ मिनेटमै इरिक पल्गरले पहिलो गोल गर्दै अग्रता १–० बनाएका थिए । उनकै गोलबाट पहिलो हाफ १–० को अग्रता बनाएको चिलीले दोस्रो हाफमा थप ३ गोल गर्यो ।

दोस्रो हाफमा आक्रमण खेल खेलेको चिलीले ५४ औं मिनेटमा अग्रता २–० बनायो । उसका लागि इडुआर्डो भर्गासले गोल गरे । त्यसपछि खेलको ८२ मिनेटको इडुआर्डो भर्गासले पून: व्यक्तिगत दोस्रो गोल गरे र चिलीले खेलमा ३–० को अग्रता बनायो । त्यसको एक मिनेट पछि नै जापानले फेरि गोल खायो । एलेक्सिस सान्चेजले चिल्लीका लागि गोल गर्दै ४–० को सहज जित दिलाए ।


भोलिका खेलहरु
असार ४, बुधबार – विहान ३:१५ बजे – बोलिभिया विरुद्ध पेरु
असार ४, बुधबार – विहान ६:१५ बजे – ब्राजिल विरुद्ध भेनेजुएला

अन्य खेलहरु

असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान