१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा महिला विश्वकप : फ्रान्स र नर्वे अन्तिम १६ मा



अ+ अ-

काठमाडौं । फ्रान्स फिफा महिला विश्वकपको नकआउट चरणमा पुगेको छ ।

मंगलबार बिहान भएकोसमूह चरणको अन्तिम खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हराएको हो । फ्रान्सको जितमा रेनार्डले एक गोल गरेकि थिइन् ।

फ्रान्सले नाइजेरियाकी भिभियान असेईलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पहिलो पेनाल्टी नाइजेरियाकी गोलकिपर चियामाका सिट्ठी बज्नुभन्दा नै अघि बढेपछि फ्रान्सले अर्को पटक पेनाल्टी हान्ने मौका पायो । जसलाई रेनार्डले गोलमा परिणत गरिन् ।

पराजयको बाबजुत नाइजेरियाको नकआउट चरणमा पुग्ने आशा अझै कायमै छ । उत्कृष्ट उपविजेताका रुपमा नाइजेरिया प्रिक्वार्टर फाइनलमा पुग्न सक्नेछ । शतप्रतिसत जित निकाल्दै फ्रान्स समूह एको विजेता बनेको छ ।

अर्के खेलामा नर्वेले एसियाली टिम दक्षिण कोरियालाई २–१ ले पराजित गर्यो । नर्वेले दुवै गोल पेनाल्टीमा गरेको थियो । खेलको पाचौं मिनेटमा क्यारोलिजन ह्यान्सेन र ५१औं मिनेटमा इसाबेल हलोभ्सेनले पेनाल्टीमा गोल गर्दै नर्वेलाई दुई गोलको अग्रता दिलाए ।

यओ मिन जीले ७८ औं मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काइन् । तर थप गोल हुन नसक्दा दक्षिण कोरिया पराजित भयो भने नर्वे समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो ।