६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा महिला विश्वकप : फ्रान्स र नर्वे अन्तिम १६ मा



अ+ अ-

काठमाडौं । फ्रान्स फिफा महिला विश्वकपको नकआउट चरणमा पुगेको छ ।

मंगलबार बिहान भएकोसमूह चरणको अन्तिम खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हराएको हो । फ्रान्सको जितमा रेनार्डले एक गोल गरेकि थिइन् ।

फ्रान्सले नाइजेरियाकी भिभियान असेईलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पहिलो पेनाल्टी नाइजेरियाकी गोलकिपर चियामाका सिट्ठी बज्नुभन्दा नै अघि बढेपछि फ्रान्सले अर्को पटक पेनाल्टी हान्ने मौका पायो । जसलाई रेनार्डले गोलमा परिणत गरिन् ।

पराजयको बाबजुत नाइजेरियाको नकआउट चरणमा पुग्ने आशा अझै कायमै छ । उत्कृष्ट उपविजेताका रुपमा नाइजेरिया प्रिक्वार्टर फाइनलमा पुग्न सक्नेछ । शतप्रतिसत जित निकाल्दै फ्रान्स समूह एको विजेता बनेको छ ।

अर्के खेलामा नर्वेले एसियाली टिम दक्षिण कोरियालाई २–१ ले पराजित गर्यो । नर्वेले दुवै गोल पेनाल्टीमा गरेको थियो । खेलको पाचौं मिनेटमा क्यारोलिजन ह्यान्सेन र ५१औं मिनेटमा इसाबेल हलोभ्सेनले पेनाल्टीमा गोल गर्दै नर्वेलाई दुई गोलको अग्रता दिलाए ।

यओ मिन जीले ७८ औं मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काइन् । तर थप गोल हुन नसक्दा दक्षिण कोरिया पराजित भयो भने नर्वे समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो ।