१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्रीको जवाफमा कांग्रेसको अवरोध, बैठक स्थगित



अ+ अ-


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका कारण आज संसदमा आफ्नो धारणा राख्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएका छैनन् ।
प्रधानमन्त्री ओलीले आज मध्यान्ह १२ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

सोही बमोजिम केही ढिलागरी प्रधानमन्त्री ओली संसदमा पुगेका थिए । उनले युरोप भ्रमणको बारेमा जानकारी गराउने कार्यक्रम थियो । तर पनि त्यस बाहेक काँग्रेसले भने समसामयिक विषयमा अथवा गुठी विधेयकका बारेमा जानकारी दिनुपर्ने अडान राखेको छ । तर, बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिए । अरु बेला यसरी विरोध गरेपछि एक जनालाई बोल्न दिने गरिन्थ्यो ।


तर मंगलबार सभामुखले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए । कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे । तर सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताएका थिए । त्यसपछि काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आए ।

संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै विपक्षी सांसदहरुले नाराबाजी गरेपछि संसद स्थगित भयो । त्यसपछि सभामुखले संसद बैठक नै स्थगित गरेर । उनले अर्को बैठक भोलि ४ बजे राखिएको जनाए ।