७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर



अ+ अ-

काठमाडौं । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको हो ।

कूल रु १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको एकाइ प्रमुख कुलप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले परम्परागतरूपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित कृषकको मागबमोजिम हाते ट्र्याक्टर वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक तथा बेमौसमी तरकारी खेतीका लागि खेत जोत्न, तरकारी तथा फलफूल लगाउनका लागि हाते ट्र्याक्टर प्रभावकारी हुँदै गएपछि वितरण गरेका हौ ।

” उहाँका अनुसार सहकारी, निजी उद्यमी, फार्म र सामूहिक कृषकलाई प्राथमिकतामा राखी हातेट्र्याक्टर वितरण गरिएको छ । उहाँले भन्नुभयो, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ, कृषिमा यान्त्रिकीकरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।” हाते ट्र्याक्टर पाएपछि कृषक खुशी भएका छन् ।

व्यास नगरपालिका–६ श्याम्घाका कृषक लालबहादुर पन्थले हाते ट्र्याक्टरको प्रयोगले समयको सदुपयोगसँगै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाते ट्र्याक्टरले थोरै समयमा धेरै काम गर्न सकिने अनुभव बटुलेपछि कृषक यसतर्फ आकर्षित हुन थालेका छन् । गोरुले जोत्दा दुई दिन लाग्ने बारीको काम हाते ट्र्याक्टरमार्फत केही घण्टामै सकिन्छ ।”