१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मदिरा नियन्त्रण अभियान शुरु



अ+ अ-

वीरगञ्ज । प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण घरेलु हिंसा बढ्दै गएपछि प्रहरीले सो अभियान शुरु गरेको हो ।

अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले पटेर्वा सुगौली–१ रङ्गपुर बजार क्षेत्रका विभिन्न होटलमा छापामारी अवैध घरेलु मदिरा ११० लिटर नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सीमावर्ती भारतको विहार सरकारले मदिरा बन्द गरेपछि पर्साको ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिराले भारतमा राम्रो बजार पाएका कारण यस भेगमा घरेलु मदिरा बनाउने भट्टीको सङ्ख्या बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि प्रहरीले अभियान नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।