७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मदिरा नियन्त्रण अभियान शुरु



अ+ अ-

वीरगञ्ज । प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण घरेलु हिंसा बढ्दै गएपछि प्रहरीले सो अभियान शुरु गरेको हो ।

अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले पटेर्वा सुगौली–१ रङ्गपुर बजार क्षेत्रका विभिन्न होटलमा छापामारी अवैध घरेलु मदिरा ११० लिटर नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सीमावर्ती भारतको विहार सरकारले मदिरा बन्द गरेपछि पर्साको ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिराले भारतमा राम्रो बजार पाएका कारण यस भेगमा घरेलु मदिरा बनाउने भट्टीको सङ्ख्या बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि प्रहरीले अभियान नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।