७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोनम्यारो पीडित बालकलाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । बोनम्यारो रोगबाट पीडित बालकलाई जापानस्थित नवलपरासी समाजले आर्थिक सहयोग गरेको छ । कावासोती नगरपालिका–२ निवासी ११ वर्षीय बालक निरज गौडेलको उपचारका लागि रोजगारीका सिलसिलामा नवलपरासीबाट जापान गएका नेपालीहरुको उक्त समाजले रु चार लाख २० हजार ५८६ प्रदान गरेको हो ।

समाजका सल्लाहाकार यादव केसी र महासचिव कृष्ण ढुङ्गानाको पहलमा जापानमा रहेका नवलपरासीका १३८ जनाबाट सहयोग रकम सङ्कलन गरिएको थियो । सो सहयोग रकम कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले हस्तान्तरण गर्नुभएको हो । पीडित बालक निरोजको हाल दिल्लीस्थित गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । दुई महीनादेखि उपचारमा रहेका उनको उपचारका लागि करीब रू ५० लाख लाग्ने जनाइएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएसँगै स्थानीयस्तरमा निरोज बचाऊ अभियान नै सञ्चालन गरेर आर्थिक सङ्कलन थालिएको हो ।

उपचारका लागि हालसम्म रु १९ लाख दश हजार २३६ सङ्कलन भएको रकम सङ्कलन अभियानका सदस्य तथा मालपोत टोल विकास संस्थाका अध्यक्ष हरि न्यौपानेले बताउनुभयो । बालकको उपचारका लागि अझै रकम अभाव भएको निरजका बुबा श्रीकृष्णले बताउनुभयो । उहाँले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रहसमेत गर्नुभएको छ । बोनम्यारोले काम गर्न छाडेपछि उनकी बहिनीको बोनम्यारो प्रत्यारोपणको तयारी गरिएकामा चिकित्सकले नमिल्ने बताएकाले औषधिबाटै बोनम्यारो सक्रिय गराउने प्रयास भइरहेको बुबा श्रीकृष्णले बताउनुभयो ।