२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू ‘विपक्षीको आवाज पनि सुन्नुहोस’ : डा. महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीलाई विपक्षी दलको आवाज पनि सुन्न आग्रह गरेका छन् ।
आज संसदमा विपक्षी दलका नेताले बोल्नका लागि समय लिइसकेको अवस्थामा पनि सभामुखले प्रधानमन्त्रीलाई नै पहिला बोल्न दिएको र त्यसो हुन नसकेपछि काँग्रेसले बोल्ने समय माग्दा संसद नै स्थगित गरेको विषयमा उनले दुःख व्यक्त गरे ।

संसदमा विपक्षी दलको नेताले समयग्र विषयमा सरकारको ध्यानाकर्षण गराउने र त्यस बारेमा प्रधानमन्त्रीले सरकारको धारणा राख्ने र जवाफ दिने विश्वव्यापी संसदीय प्रचलन हुदाहुदै नेपाली काँग्रेसका प्रमुख सचेतकले विपक्षी दलको नेताले बोल्ने समय पहिले नै लिइसकेको जानकारी दिँदा दिँदै विपक्षीको कुरा नसुनी आफैले मात्र बोल्न पाउनुपर्ने प्रधानमन्त्रीको अडान दुःखद भएको उनले बताएका छन् ।

डा.महतले भने– प्रधानमन्त्रीज्यू देशमा धेरै अन्याय र बेथिती बढेको छ, जनता आक्रान्त भएका छन्, भ्रष्टाचारले सीमा नाघेको छ, जनताले आधारभूत सेवा पनि पाउन सकेका छैनन् त्यसैले सडक र सदनबाट काँग्रेसले जनताको आवाज मुखरित गरिरहेको छ, त्यसैले संसदमा विपक्षीको आवाज सुनिदिनोस् ।

यसरी प्रधानमन्त्रीले नै पहिला बोल्न नपाउँदा संसदको बैठक नै स्थगित गर्नु एउटा असहिष्णु काम हो भने आज संसदमा विपक्षीले अवरोध गर्यो भन्दैमा प्रधानमन्त्रीले संसदभन्दा बाहिरै पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्छु भन्नु अर्काे गैर राजनीतिक र गैर संसदीय काम हो डा.महतले भने ।

प्रधानमन्त्रीले विपक्षीका आवाजहरु संसदमा नसुनेर कतिदिन बाइपास गर्दै बाहिरै पत्रकार सम्मेलन गर्दै हिँड्नुहुन्छ ? उनले प्रश्न गरे ।
सत्तापक्षले विगतदेखि नै मुलुकको राजनीतिमा असहिष्णु चरित्र देखाउँखै आएको सबैमा विदितै छ भन्दै सरकारको असहषिण्ुा व्यवहारको यो पछिल्लो घटना हो– उनले भने ।

गुठी जस्तो नेपालको संस्कार र संस्कृतिको मर्ममाथि नै प्रहार गरेर सरकारले ल्याउन खोजेको कानुनको बचाउमा अझै पनि सरकार लागेको देख्दा आफूलाई आश्चर्य लागेको उनले बताए ।
गुठी तथा मिडिया काउन्सिल जस्ता निरंकुश विधेयकको काँग्रेसले सधै विरोध नै गर्ने बताउँदै उनले गुठी विधेयक विना शर्त जतिसक्दो चाँडो फिर्ता नलिँदा सम्म काँग्रेसले सदन र सडकबाट सशक्त विरोध गर्ने बताए ।