६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको बिरोधका कारण हायात होटलको सम्पूर्ण सेवा बन्द



अ+ अ-

काठमाडौं । कर्मचारीको सेवा सुबिधा कटौती गरिएको बिरोधका कारण पाँचतारे हायात होटलको सम्पूर्ण सेवा बन्द गरेको छ । सेवा सुविधाको माग गर्दै कर्मचारीले हडताल गरेपछि पाँचतारे हायात होटल बन्द भएको हो ।

अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार होटल हडताल निषेधित क्षेत्र भएको उल्लेख गर्दै हायातले मजदुरको हडतालका कारण बन्द गर्नुपरेको जनाएको छ ।

सेवा सुबिधा कटौती गरिएको बिरोधमा कर्मचारीले आन्दोलन थालेपछि होटलका पाहुनाहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ । होटल व्यवस्थापनले भने सुरक्षाको कारण पर्यटक व्यवस्थापनमा असहज भएकाले पाहुनालाई बाध्य भएर अन्यत्र सार्नुपरेको जनाएको छ ।

कर्मचारीले माफी नमागेसम्म होटलको सेवा सुचारु नहुने होटल व्यवस्थापनले अडान लिएको छ भने कर्मचारीले होटल व्यवस्थापनबाट आफूहरुमाथि गैरमानवीय व्यवहार भएको आरोप लगाउदै आएका छन् ।